प्रदेश २ का प्रमुख फेरिए : राजेश झा पदमुक्त, हरिशंकर मिश्र नियुक्त



काठमाडौँ ।  प्रदेश २ का प्रमुखमा हरि शंकर मिश्रलाई नियुक्त हुनुभएको छ । मङ्गलवार राष्ट्रपति विद्यादेवी भण्डारी मिश्रलाई प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको हो ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले झालाई पदमुक्त गरी महोत्तरीका हरि शंकर मिश्रलाई नियुक्त गर्न सिफारिस गरेको थियो । प्रदेश प्रमुखमा सिफारिस भएका मिश्र काँग्रेसका पुराना नेता हुन् ।

संविधानको धारा १६३ को उपधारा २ बमोजिम राष्ट्रपतिले मिश्रलाई प्रदेश प्रमुखमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यसअघिका प्रदेश प्रमुख राजेश झा (अहिराज) भने पदमुत हुनुभएको छ । राष्ट्रपति कार्यालयदवा जारी विज्ञप्तिामा मन्त्रिपरिषद्को साउन ३२ गतेको निर्णयअनुसार संविधानको धारा १६५ को उपधारा १ को खण्ड ‘ख’ बमोजिम झालाई पदमुक्त गरिएको उल्लेख छ ।

केपी शर्मा ओली नेतृत्वको सरकारले माओवादी कोटाका तिलक परियारलाई हटाएर ७ फागुन २०७७ मा झालाई प्रदेश प्रमुख नियुक्त गरेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्