काठमाडौं । प्रदेश २ को नवनियुक्त प्रदेश प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
मङ्गलबार दिउँसो शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुख मिश्रलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् । राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद् बैठकको सिफारिसमा नेपालको संविधानको धारा १६७ बमोजिम मिश्रलाई प्रदेश २ को प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन ।
राष्ट्रपति कार्यालयद्वारा जारी गरेको विज्ञप्ति हेर्नुस्
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।