काठमाडौं । साताको तेस्रो कारोबार दिन आज मंगलबार नेप्से झिनो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ०.२३ अंकले बढेर ३ हजार १६०.३१ अंकमा रोकिएको छ भने सेन्सेटिभ इन्डेक्स पनि ०।३५ अंकले बढेर ५९३.२८ अंकमा रोकिएको छ ।
आज १३ ओटा उपसमूहमध्ये ६ ओटा उपसमूहको परिसूचक बढेको छ भने बाँकी रहेका ७ ओटा उपसमूहको परिसूचक घटेको छ ।
यो दिन विकास बैंक समूह सर्वाधिक ५.१७ प्रतिशतले उकालो लागेको छ। वित्त समूह ४.८८ प्रतिशतले बढेको आज जलविद्युत समूहमा ३.१६ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.२६ प्रतिशत, लघुवित्त समूहमा ०.०९ प्रतिशत र लगानी समूहमा ०.०६ प्रतिशतको बढोत्तरी भएको छ।
आज अन्य समूह सर्वाधिक १.७१ प्रतिशतले ओरालो लागेको छ। व्यापार समूह १.५३ प्रतिशतले घटेको यो दिन बैंकिङ समूहमा १.१ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.०४ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.९२ प्रतिशत, जीवन बीमा समूहमा १.४१ प्रतिशत र म्युचुअल फन्ड समूहमा ०.८५ प्रतिशतको गिरावट आएको छ।
कारोबार रकमको आधारमा अपि पावर कम्पनी लिमिटेडले सर्वाधिक हिस्साँ आगटेको छ । यो कम्पनीको आज ८६ करोड ३८ लाख २४ हजार ७१७ रुपैयाँ बराबको सेयर खरिद बिक्री भएको हो ।
आज कूल २२१ ओटा कम्पनीको ३ करोड ६ लाख १३ हजार ४३९ कित्ता सेयर खरिद बिक्री हुँदा १८ अर्ब २० करोड ४९ लाख ३९ हजार २३७ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।