सैघाली खबर,
दाङ ३ फागुन ।।
एनप्याव्सन दाङले यस वर्ष देखि शुरु गरेको एन प्याव्सन वर्ष उत्कृष्ट बिद्यार्थी कपिल दाहाल र लक्ष्मी डागी वन्न सफल भएका छन् । राप्ती बाल एकाडेमी तुलसीपुर ६ दाङमा कक्षा १० मा अध्यणरत कपिल दाहालले ७९ अंक प्राप्त गरि वर्ष उत्कृष्ट छात्र घोषित भएका छन् । त्यस्तै सोही बिद्यालयमा कक्षा १० मा अध्यणरत लक्ष्मी डागि ६७ अंक प्राप्त गरि वर्ष उत्कृष्ट छात्रा घोषित भएकी छन् ।
त्यसैगरि छात्र तर्फ श्रीगाउँ लाईफ भिजनका सरद रावल ७१ अंक प्राप्त गरी दोस्रो , ज्ञान ज्योति पव्लिक स्कुल तुलसीपुरका आकाश जंग चौधरी ६८ अंक प्राप्त गरी तेस्रो हुन सफल भएका छन् । त्यस्तै पव्लिक एजुकेशस एकाडेमी लालमटियाका प्रतिक अधिकारी ६५ अंक प्राप्त गरी चौथौ र डिभाईन टेम्पल एकाडेमीका रजत अधिकारी ६३ अंकका साथ पाचौ भएका छन ।
त्यसैगरी छात्रा तर्फ ज्ञान ज्योति पव्लिक स्कुलकी समिक्षा एम सि ६५ अंक प्राप्त गरि दोस्रो , डिभाईन टेम्पल एकाडेमिकी अप्सरा वस्याल ६२ अंकका साथ तेस्रो , मिडवेष्ट प्वाईन्ट एकाडेमिकी सुस्मीता केसी ५९ अकका साथ चौथो र कामना सेकेन्डरी स्कुलका पुजा नेपाली ५७ अंक प्राप्त गरि पाचौ स्थान हासिल गर्न सफल भएका छन् ।
एनप्याव्सन दाङको आयोजना , एभरेष्ट एकाडेमी तुलसीपुर र क्यापिटल प्रेसको प्रायोजन तथा राप्ति समाचार राष्ट्रिय दैनिक , रेडियो सञ्जिवनी र स्वर्गद्धारी टेलिभिजनको मिडया पार्टनर सिपमा वर्ष उत्कृष्ट बिद्यार्थि २०७४ छनौट प्रतियोगिता भएको हो । एन प्याव्सन दाङले यसवर्ष देखि एन प्याव्सन वर्ष उत्कृष्ट बिद्यार्थि छनौट प्रतियोगिता शुरु गरेको हो । उत्कृष्ट हुने छात्र छात्रालाई जनही ५ हजार , सम्मान पत्र र मेडल तथा उत्कृट गराउन सफल बिद्यालयलाई शिल्ड तथा प्रमाण पत्र प्रदान गरिने छ । त्यसैगरि दोस्रो स्थान हासिल गर्ने छात्र छात्राहरुलाई जनही २५ सय , प्रमाण पत्र र मेडल प्रदान गरिने आयोजक एन प्याव्सन दाङले जनाएको छ । उत्कृष्ट हुने छात्र छात्राहरुलाई यहि फागुन ५ गते हुने एन प्याव्सन दाङको नवौ साधारण सभामा भव्य कार्यक्रमका विच पुरस्कृत गरिने एन प्याव्सन दाङका सचिव ठाकुर प्रसाद डाँगीले जानकारी दिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।