महुली लघुवित्तद्वारा एकैसाथ ८ वटा शाखा विस्तार



मदन अधिकारी (भोजपुर) राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको महुली लघुवित्त वित्तीय संस्था लिमिटेड अग्नीसाइर कृष्णासवरण–६, महुली सप्तरीले आ.ब. २०७८/०७९ को प्रारम्भमा ३ वटा प्रदेशका ६ वटा जिल्लामा एकैसाथ ८ वटा शाखा विस्तार गरेको छ । विस्तार गरिएको शाखाहरूमा बागमती प्रदेशमा ३, गण्डकी प्रदेशमा २ र लुम्बिनी प्रदेशमा ३ गरी ६ वटा जिल्लामा ८ वटा शाखा कार्यालयहरू यही मिति २०७८ साल भाद्र १ गतेबाट सञ्चालन ल्याएको छ ।

वित्तीय संस्थाको ८ वटा शाखा कार्यालय थप भए पश्चात् ५७ वटा शाखा कार्यालय मार्फत वित्तीय सेवा प्रवाह हुने संस्थाले जनाएको छ । यस सँगै महुली लघुवित्तले ७ वटा प्रदेश मध्ये ५ वटा प्रदेशमा आफ्नो उपस्थिति जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्