नेपाल विद्यूत प्राधिकरणको ३६औँ वार्षिकोत्सवमा केन्द्र प्रमुख सम्मानित



कपिलवस्तु । नेपाल विद्युत् प्राधिकरण कृष्णनगर वितरण केन्द्र पनि ३६औँ वार्षिकोत्सव हिजो भाद्र १ गते का दिन मनाएको छ । कृष्णनगर वितरण केन्द्रको भवनलाई इलेक्ट्रिक रंग-बिरंगी बत्तीले सजाई परिसर भित्र वितरण केन्द्रका प्रमुख कमर आलम खां, इन्जिनियर रिजन ग्वाछा ,सहायक लेखा अधिकृत भरत राज घिमिरे लेखापाल सुरेन्द्र प्रसाद पाण्डेय लगायत कर्मचारीहरूले दीप प्रज्वलन गरी एक अर्कालाई मिठाई खुवाउँदै खुशयालीका साथ ३६औँ वार्षिकोत्सव मनाएका छन् ।

उक्त खुसीको अवसरमा सम्पूर्ण पदाधिकारी तथा कर्मचारीहरूको मनोबल बढाउनको लागि राष्ट्रिय मदरसा सङ्घ नेपालका टोलीले ३६औँ वार्षिकोत्सव कार्यक्रममा सहभागी भई उक्त वितरण केन्द्रका प्रमुख, इन्जिनियर, सहायक लेखा अधिकृत लाई दोसल्ला ओढाई सम्मानित समेत गरी सङ्घका राष्ट्रिय अध्यक्ष डा अब्दुल गनी अलकुफीले कृष्णनगर वितरण केन्द्रका सम्पूर्ण पदाधिकारी तथा कर्मचारीहरूको कार्यको प्रशंसा गर्दै ३६औँ वार्षिकोत्सवको उपलक्ष्यमा उपस्थित सबैमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

त्यसै क्रममा सङ्घका महासचिव मौलाना मशहुद खां नेपालीले उपस्थित सबैमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै भने कि १९३८सालमा   प्रधानमन्त्री चन्द्र शमशेर राणाले विद्युत् उत्पादन गर्नाको लागि काठमान्डु सहर भन्दा बाहिरा फापिंङ गाउँमा दक्षिण एसियाको पहिलो तथा एसियाको दोस्रो जल विद्युत् उत्पादन गरेका थिए जसलाई बिजुली अड्डाको नामले चिनिन्थ्यो ।

२०४२ साल भाद्र १ गतेका दिन नेपाल विद्युत् कार्पोरेशनको नाम परिवर्तन गरी नेपाल विद्युत् प्राधिकरण राखेका थिए र त्यो अवसरको ३६औँ वार्षिकोत्सवको रूपमा आज हामी मनाई रहेका छौँ ।

महासचिव नेपालीले बोल्नक्रममा नेपाल विद्युत् प्राधिकरणका महानिर्देशक  कुलमान घिसिङको पछिल्लो कार्यसम्पादन प्रशंसा गर्दै  धार्मिक स्थल तथा कृषिको विद्युत् शुल्कमा सरकारले दिएको छुट जस्तै सामुदायिक मदरसा तथा सामुदायिक विद्यालयहरूलाई पनि विशेष छुटको व्यवस्था गर्नुपर्ने र हाल सरकारले आफ्नो मन्त्री परिषदबाट ल्याउँदै गरेको प्रस्ताव गरिब परिवारको लागि २०युनिट सम्मा छुटको प्रशंसा गर्दै ती छुटमा धार्मिक स्थललाई पनि समावेश गर्नाको लागि माग गरे ।

३६औँ वार्षिकोत्सव मनाउने क्रममा राष्ट्रिय मदरसा सङ्घ नेपालका उपाध्यक्ष शैख जैस मक्की, सदस्य मौलाना जहीर अहमद बरेलवी,समीम अख्तर,मोहम्मद मुस्लिम, नियाज़ अहमद,असरफ खान,सैफ खान, कृष्णानगर वितरण केन्द्रका प्रशासन प्रमुख विष्णु प्रसाद पाण्डेय,आयप्रमुख लालिराम चौधरी,मन्जु सोनार,मन्जु घिमिरे,कमला बेल्बासे,अनिता खनाल लगायत कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्