बालमैत्री शौचालय निर्माणका लागि महायज्ञ



सैघाली खबर,
दाङ ३ फागुन ।।

बाल मैत्री तथा अपाङ्ग मैत्री शौचालय निर्माणका लागि तुलसीपुरमा महायज्ञ सञ्चालन हुन लागेको छ । तुलसीपुर ५ बिशालनगरमा रहेको जनश्रमिक प्राथामिक बिद्यलयमा सार्बजनीक शौचालय निर्माणका लागि दुःख निबारण महायज्ञ सञ्चालन हुँन लागेको हो ।

अहिले नेपालका कुनै पनि बिद्यालयमा बालमैत्री शौचालय निर्माण नभएको भन्दै दाङमा पहिलो बालमैत्री शौचालय निर्माण गर्न लागेको नमुना शौचालय निर्माणकी संयोजक भावना न्यौपानेले वताईन् । ‘अहिले कुनै पनि सामुदायीक बिद्यालयमा शौचालय निर्माण भएका छैनन्’ उनले भनिन्‘ जसले गर्दा सामुदायीक बिद्यालयमा बिद्यार्थीको आर्कषण घट्दो छ ।’

फागुण १० गते देखी १७ गते सम्म बालमैत्री र अपाङ्ग मैत्री शौचालयन निर्माण गर्न महायज्ञ हुने उनले वताईन् । महायज्ञमा मुख्य कथा बाचकका रुपमा महाराज गोबिन्द शरण रहेका छन्, भने साहयक कथा बाचकमा मधुबाणकी धनी मिरा देवी रहेकी छिन् । महायज्ञ शुरु भएलगतै उक्त बिद्यालयमा शौचालय निर्माण कार्य पनि शुरु हुने छ । बालमैत्री र अपाङ्गमैत्री शौचालय निर्माण भएपछि बिद्यार्थीहरु पनि बिद्यालय आउन रुचाउने संयोजक न्यौपानेले वताईन् ।

यसैबीच बिद्यालयमा बुधबार एक कार्यक्रम गरि कार्यक्रमका बारेमा जानकारी गराईएको थियो । बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष लक्ष्मी प्रशाद वलीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नंं. ५ की सदस्य साबित्रा गुरुङको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

त्यस अबशरमा महाराज गोबिन्द शरण, वडा सदस्य अजय बुढाथोकी, बाल संरक्षण संयोजक मधु सुनार, शौचालय निर्माण समितिका संयोजक भावना न्यौपाने, स्वर्गद्धारी टोल बिकास संस्थाका लाल ब. बिक, बिशालनगर टोल बिकास संस्थाका उपाध्यक्ष भुमा चन्दलगायतले मन्तब्य ब्यक्त गरेका थिए । शिक्षिका लालमती भण्डारीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण बिद्यालयकी प्रधानाध्यापक शुसिला भट्टराईले गरेकी थिईन् ।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्