काठमाडौँ । राष्ट्रपतिको कार्यालयले सरकारले सिफारिस गरेको राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गर्ने तयारी गरेको छ ।
मन्त्रिपरिषद्को बैठकले मङ्गलवार मध्याह्नमा निर्णय गरी सिफारिस गरेको राजनीतिक दलसम्बन्धी अध्यादेश मङ्गलवार राष्ट्रपति कार्यालयले ढिला आएको भन्दै जारी गरेको थिएन । आज भने केही बेरमै अध्यादेश जारी हुने राष्ट्रपतिको कार्यालयले जनाएको छ । शेरबहादुर देउवा नेतृत्वको क्याबिनेटले मङ्गलवार प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पेस गरेको अध्यादेश भण्डारीले जारी गर्ने तयारी गरेकी हुन् ।
उनले प्रमाणीकरणका लागि आएको दल विभाजन सम्बन्धी अध्यादेश अध्ययन गर्न समय लागेकाले आजै जारी हुने राष्ट्रपति कार्यालयले जनाएको छ । अध्यादेश ल्याएपछि हिजै प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति समक्ष भेटवार्ता गरेका थिए ।
सरकारले मङ्गलवार केन्द्रीय समिति वा संसदीय दलको २० प्रतिशतले पार्टी विभाजन गर्न सक्ने व्यवस्था राखेर अध्यादेश सिफारिस गरेको थियो । सरकारले सिफारिस गरेको अध्यादेश मङ्गलवार नै राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी नभएपछि अनेक शङ्का-उपशंका र टिप्पणी भइरहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।