वाग्मती प्रदेश एमाले संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य चयन



काठमाडौँ । नेकपा एमाले बागमती संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य चयन भएकी छिन्। एमाले संसदीय दलको बैठकले शाक्यलाई प्रदेश संसदीय दलको नेतामा चयन गरेसँगै शाक्य मुख्यमन्त्री बन्ने बाटो खुलेको छ ।

बागमती प्रदेशको संसदीय दलको नेताबाट मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएसँगै शाक्य मुख्यमन्त्री बन्न लागेकी हुन्। मुख्यमन्त्री डोरमणी पौडेलले संसदीय दलको नेताबाट राजीनामा दिएपछि शाक्यलाई दलको नेता बनाइएको हो ।

हटौंडास्थित प्रदेश सभा सचिवालयमा बसेको एमाले प्रदेश संसदीय दलको बैठकले शाक्यलाई सर्वसम्त रूपमा दलको नेतामा चयन गरेको एक सांसदले जानकारी दिए । शाक्यले विभाजनको अन्तिम समयमा धार परिवर्तन गरेपछि बागमतीमा नयाँ राजनीतिक घटनाक्रम विकास हुन लागेको हो। 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्