कैलाली । आसन्न नेपाली काँग्रेसको १४ महाधिवेशन कैलाली जिल्ला सचिव पदमा युवा नेता लक्ष्मण शाहीले उम्मेदवारी घोषणा गरेका छन् । पटक पटक महाधिवेशनको मिति सर्दे गए पनि नेताहरूले भने स्थानीय स्तर देखि केन्द्र स्थर सम्मका विभिन्न पदहरूमा आफ्नो उम्मेदवारी घोषणा गरिरहेका छन् ।
यसै बिच सुदूरपश्चिम प्रदेशको निर्णायक भूमिकामा रहेको कैलाली जिल्लाको पाटी सचिवका लागि नेपाली काँग्रेस कैलाली जिल्लाका युवा नेता लक्ष्मण शाहीले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन । लामो समय देखि शाहीको नाम जिल्ला सचिवका लागि चर्चामा रहँदै आए पनि शाहीले आधिकारी रूपमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । २०५९ सालबाट नेविसंघ कैलाली बहुमुखी क्याम्पसको इकाई सभापतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका शाही झन्डै १० वर्ष कैलाली जिल्लाको नेविसंघ सभापति भएका थिए ।
नेविसंघ कैलालीको अध्यक्षको कार्यकालमा जिल्लाभर मजबुत नेविसंघ बनाएर एकाएक चर्चामा आएका शाही २०७४ सालतको प्रदेश सभा निवार्चनमा नेपाली काँग्रेसको तर्फबाट कैलाली जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्जगत् प्रदेश २ बाट प्रदेश सभा सदस्यका लागि काँगेसले उनलाई उम्मेदवार बनाएको थियो तर उक्त निवार्चनमा उनी पराजित भएका थिए ।
पार्टीका केन्द्रीय स्थरका नेताहरू सँग नजिक मानिएका र जिल्ला तहका नेता कार्यकर्ता माझ भिजेका शाहीको उम्मेदवारी लाई अर्थपूर्ण रूपमा हेरिएको छ । उनलाई कुशल सङ्गठन निमार्णकर्ता रूपमा पनि नेता तथा कार्यकर्ताले लिने गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।