सैघाली खबर,
काठमाडौं ३ फागुन। प्रधानमन्त्री शेरबहादुर देउवाले देशबासीका नाममा सम्बोधन गरेका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट गरिएको सम्बोधनमा देउवाले आफ्नो नेतृत्वमा तीनवटै तहको चुनाव गराउनु कार्यकालको सफलता भएको बताए।
उनले आर्थिक अवस्थामा सुधार भएको र विभिन्न देशहरुसँगको कुटनीतिक सफलता पनि मिलेको बताए। देउवाले आफ्नो नेतृत्वको सकारले देशलाई समृद्धिको मार्गमा अगाडि बढाएको बताए।
आफ्नो कार्यकाललाई सफलतापूर्वक सफल पार्न सहयोग गरेकोमा देउवाले देशबासी र मन्त्रिपरिषद्का सदस्य एवं सरकारका विभिन्न निकायहरुलाई धन्यवाद दिए।
उक्त सम्बोधनसँगै प्रधामन्त्रीले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न भएको घोषणा गरेका छन्। देउवाले प्रधानमन्त्रीबाट राजीनामा गरेका छन्। सम्बोधन सकेर देउवा राजीनामा बुझाउन राष्ट्रपति कार्यालय शीतलनिवास जाने कार्यक्रम रहेको छ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।