कपिलवस्तु । सरकारले ल्याएको पार्टी फुटाउन सकिने अध्यादेश को कपिलवस्तुमा विद्यार्थी सङ्गठनले विरोध गरेको छ । नेकपा एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपाल कपिलवस्तु र अनेरास्ववियु कपिलवस्तुको आयोजनामा जिल्लाको गोरु सीङेमा विरोध पर्द्शन गरेको छ ।
” परमादेश सरकारले ल्याएको दल विभाजन सम्बन्धी अध्यादेश को सशक्त प्रतिरोध गराै ” भन्ने मुल नारा को साथ बुद्धभुमि नगरपालिका वडा न २ गोरुसिङ्गे मा राष्ट्रिय युवा सङ्घ नेपाल कपिलवस्तु र अनेरास्ववियु कपिलवस्तु को संयुक्त अायाेजान मा नेपाल सरकारले ल्याएको अध्यादेश को विरोध कार्यक्रम गरिएको हो ।
विरोध कार्यक्रममा अध्यादेश फिर्ता गर , MCC खारिज गर , परम आदेश सरकार मुर्दा वाद , विभाजन अध्यादेश किन लाइस् नालायक सरकार पुष्टि भयो र नेपाल सरकार मुर्दा वाद लगायत का नाराहरू विरोध कार्यक्रम लागेको थियो ।
विरोध कार्यक्रममा राष्ट्रिय युवा सङ्घ का केन्द्रीय सदस्य गोपाल मणि ज्ञवाली ले नेपाल सरकारले जुन दल लाई सजिलो तरिकाबाट फुटाउने सक्ने अध्यादेश को विरोध मा नेपाल भरिका सबै जिल्लामा राष्ट्रिय युवा सङ्घ नेपाल र अनेरास्ववियु को संयुक्त मा संकेतिक रूपमा विरोध गरेको छ । सरकारले अध्यादेशलाई फिर्ता लिएन भने यो भन्दा सशक्त रूपमा आन्दोलन गर्ने चेतावनी समेत ज्ञवालीले दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।