बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको राजीनामा स्वीकृत



बागमती प्रदेशको नयाँ मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त भएकी छिन् । मुख्यमन्त्री डोरमणि पौडेलले बुधवार दिएको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँले मुख्यमन्त्रीमा शाक्यलाई नियुक्त गरेका हुन् । बुधवार राति सवा ९ बजे प्रदेश प्रमुखको कार्यालयमा पुगेर मुख्यमन्त्री पौडेलले राजीनामा बुझाएका हुन् ।

प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँले तत्कालै मुख्यमन्त्री पौडेलको राजीनामा स्वीकृत गरेका छन् । प्रदेश प्रमुख कार्यालय स्रोतका अनुसार नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया सुरु भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्