कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णा नगर नगरपालिका वडा नं १उद्योग वाणिज्य सङ्घ कृष्णा नगरको सभा हालमा इस्लामिक नयाँ वर्ष मोहर्रमको अवसरमा शुभकामना आदान प्रदान तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ। जिल्ला प्रशासन कार्यालय कपिलवस्तु तथा जिल्ला प्रहरी कार्यालयको संयुक्त आयोजना तथा इलाका प्रहरी कार्यालय र बीओपी कृष्ण नगरको सहकार्यमा कार्यक्रम भयेको थियो।
प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेयको अध्यक्षता तथा प्रमुख अतिथि विजय नगर गाउन् पालिका अध्यक्ष गोपाल थापा ,विशिष्ट अतिथिमा कृष्णा नगर नपा प्रमुख रजत प्रताप शाह, अतिथिमा लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहूद खां नेपाली, राष्ट्रिय मुस्लिम मदरसा सङ्गठन नेपालका संरक्षक अकरम पठान,नेपाल मुस्लिम सङ्घ केन्द्रीय उपाध्यक्ष अकिल मियाँ,मदरसा अहले सुन्नत फैजेमुस्तफा अतिकीया प्रतिनिधि मिर्जा राशिद बेग,नेपाल उद्योग वाणिज्य महासङ्घ केन्द्रीय सदस्य जम शेर अलि, राष्ट्रिय मदरसा सङ्घ नेपाल राष्ट्रिय अध्यक्ष डा अब्दुल गनी अलकुफी,लगायत समुदाय का भद्र भलादमीहरू रहनु भयो।
कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष थापाले उर्दु क्यालेन्डरका अनुसार १४४३ हिजरी नयाँ वर्षको उपस्थित सबैमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै सबै एक आपसमा धार्मिक सहिष्णुता कायम गरी कोभिड १९ को सङ्क्रमण फैली रहेको अवस्थामा स्वास्थ्यको ख्याल गरी पर्व मनाउन आग्रह गरे। विशिष्ट अतिथि नगरप्रमुख शाहले मोहर्रम पर्वको शुभकामना दिँदै सावधानीपूर्वक पर्व मनाउन आग्रह गर्दै नागरिकता बनाउन जाँदा खासगरि दक्षिणका जनताहरु दुख पाउँदै आएको गुनासो उपस्थित प्रमुख जिल्ला अधिकारी सँग पोख्नु भयो।
नागरिकता बनाउन गको मान्छे वडा बाट सिफारिस लिई शतप्रतिशत कागजहरू लिएर जाँदा पनि सरजमिन तोकेर दुख दिने काम भई रहेको शाहले भन्नु भयो। लुम्बिनी प्रदेश मदरसा बोर्डका उपाध्यक्ष नेपालीले १४४३ हिजरी नयाँ वर्षको शुभकामना दिँदै सबै धर्मप्रति सबैले सम्मान गर्नु पर्ने प्रत्येक जनतालाई आफ्नो सुरक्षाको ग्यारेन्टी रहेको र मातृ भाषामा शिक्षा पाउने हक समेत संविधानले दिएको बताए साथै नयाँ आएका जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक दान बहादुर कार्की आएको दिन देखि आपराधिक घटनामा फरार रहेका लाई पक्राउ पार्न सफल भएको कार्य सराहनीय रहेको बताए।
उपाध्यक्ष नेपाली तथा राष्ट्रिय मदरसा सङ्घ नेपालका राष्ट्रिय अध्यक्ष डा अब्दुल गनी अलकुफी उपाध्यक्ष शैख जैस मक्की लगायत सङ्घका टोलीले नयाँ आएका उपरीक्षक दान बहादुर कार्की, प्रमुख जिल्ला अधिकारी, राष्ट्रिय अनुसन्धानका उपरीक्षक, प्रमुख अतिथि, विशिष्ट अतिथिहरूलाई दोसल्ला ओढाइ स्वागत तथा सम्मानित गर्दै जमियत अलहेराको तरफ बाट नेपालीमा अनुवाद भएको पवित्र पुस्तक कुरान शरिफ हस्तान्तरण गरेका थिए।
कार्यक्रममा बोल्दै राष्ट्रिय मदरसा सङ्गठन नेपालका संरक्षक पठानले मोहर्रम मुस्लिम धर्महरुका साथ साथै अन्य धर्म समेतले यो पर्व मनाउने गरेको सम्झना गराउदै नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्डको पाल्ना गरी पर्व मनाउन आग्रह गरे। जिप्रका का प्रमुख प्रहरी उपरीक्षक कार्कीले आफूहरू कोभिड१९ (कोराना भाइरस) बाट बच्न मास्क अभियान सञ्चालन गरेको साथै नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड अपनाई आआफ्नो पर्व मनाउन आग्रह गर्दै आफूहरू जनताको सेवक रहेको बताए।
उक्त कार्यक्रमका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी पाण्डेयले मोहर्रम पर्वको शुभकामना दिँदै कोभिड१९ बाट सबै सचेत हुनु पर्ने आवश्यकता रहेको बताउँदै यो महामारी बाट लड्न सबैले आआफ्नो स्तरबाट लाग्नु पर्ने जिक्र गर्दै कार्यक्रम समापन भएको घोषणा समेत गर्नु भयो। कार्यक्रमका सञ्चालक प्रहरी निरीक्षक जगरनाथ मरासिनी रहेका थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।