तालिबानले बन्द गर्‍यो भारतसँगको सीमापार व्यापार



एजेन्सी । तालिबानले अफगानिस्तान–भारत सीमापार व्यापार बन्द गराएको छ । तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरेपछि त्यसको असर छिमेकी मुलुकमा पनि पर्न थालेको हो । तालिबानले सीमापारिको व्यापार बन्द गरेपछि भारतसँगको व्यापार पनि बन्द गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

सामान्यतया दुई मुलुक (भारत र अफगानिस्तान) का मालवाहक गाडी पाकिस्तानको बाटो भएर ओहोरदोहोर गर्थे।  फेडेरसन अफ इन्डियन एक्सपर्ट अर्गनाइजेसन (एफआईईओ) का अनुसार अब त्यस्तो गाडी आवतजावतमा रोक लगाइएको हो।

योसँगै लाखौँ डलरका सामान आयात–निर्यात रोकिएका छन्। व्यापारका लागि अफगानिस्तान भारतको ठुलो सहयोगी मुलुक थियो। भारतले अफगानिस्तानमा बाँध, विद्यालय र सडक निर्माणका लागि करोडौँ डलर लगानी गरेको छ। अफगानिस्तानको निर्यात रणनीतिमाथि इन्टरनेशनल ट्रेड सेन्टरको एक रिपोर्ट अनुसार विश्वमा ड्राई फ्रुटको आयातकर्ता  मध्ये भारत एक हो। 

ड्राई फ्रुट आयात गर्नेमा अमेरिका, जर्मनी र हङकङपछि भारत चौथो नम्बरमा छ।  रिपोर्टका अनुसार भारत ठुलो मात्रामा ड्राई फ्रुटको आयात अफगानिस्तानबाट गर्छ । रिपोर्टका अनुसार बदाम, किशमिश, पिस्ता, अन्जीर निर्यातमा भारत अफगानिस्तानको सबैभन्दा ठुलो खरिदकर्ता हो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्