सिंगापुर : मास्क नलगाएको अभियोगमा एक बेलायती नागरिकलाई ६ साताको जेल सजाय



सिंगापुरको एक अदालतले मास्क नलगाएको अभियोगमा एक बेलायती नागरिकलाई ६ साताको जेल सजाय सुनाएको छ । सार्वजनिक स्थानमा मास्क लगाउन पटक–पटक आग्रह गर्दा पालना नगरेपछि ती व्यक्तिविरुद्ध मुद्दा चलाइएको थियो ।

४० वर्षीय बेलायती नागरिक बेन्जामिन ग्लिनले गत मेमा मास्क नलगाई सार्वजनिक स्थानमा गएको अभियोग थियो । त्यसपछि उनलाई जुलाईमा अदालतमा उपस्थित गराइएको थियो । साथै, उनले कर्मचारीलाई समेत धम्की दिएको आरोप छ ।

सिंगापुरका मिडियाले जनाएअनुसार अदालतमा ती व्यक्तिले बेलायत फर्कन चाहेको भन्दै पासपोर्ट फिर्ता मागेका थिए । एसियाली अर्थतन्त्रको राजधानी मानिने सिंगापुरमा मास्क नलगाउने र कोभिड पालना नगर्नेलाई जेल सजायको नियम तोकिएको छ ।

कडा मापदण्डको कारण सिंगापुरले अहिले कोभिड सङ्क्रमणलाई नियन्त्रणमा राखेको छ । नेपालप्रेसबाट

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्