काठमाडौँ । राजनीतिक दल सम्बन्धी ऐन दोस्रो संशोधन अध्यादेशविरुद्ध परेका रिटको सुनुवाइ संवैधानिक इजलासमा हुने भएको छ । अध्यादेश संविधान र सर्वोच्च अदालतको फैसला विपरीत रहेको भन्दै खारेजीको मागसहित सर्वोच्चमा ६ वटा रिट परेका छन् ।
सबै रिटमाथिको सुनुवाइका लागि भदौ ११ गते शुक्रवारलाई पेसी तोकिएको छ । सरकारले भदौ १ गते सो अध्यादेश ल्याएको थियो ।अध्यादेशकै आधारमा नेकपा एमाले र जनता समाजवादी पार्टी विभाजनका लागि निर्वाचन आयोगमा निवेदन दर्ता भइसकेको छ ।
प्रधानमन्त्री शेरबहादुरको देउवाको सिफारिसमा बुधवार राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गरेकी थिइन् । अध्यादेशमा २० प्रतिशत केन्द्रीय सदस्य वा सांसदले दल फुटाउन सक्ने व्यवस्था गरिएको छ ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।