काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले पार्टी विभाजन नभई बरु टुक्रिएको बताएका छन् । बिहीबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै ओलीले पार्टी फुटेको नभई केही मानिस मात्र अलग भएको बताएका हुन् । यसले एकाध ठाउँमा असर गरे पनि अपूरणीय क्षति नहुने उनको दाबी छ ।
अध्यक्ष ओलीले भनेका छन्, ‘अकारण पार्टी फुटाएको छ, विग्रह सुरु गरेको छ, अस्थिरता सुरु गरेको छ, अनेक प्रचार गरेको छ । त्यस्तो हुँदा पनि सहेर मैले एकताको प्रयास गरेँ ।’
उनले प्रदेश-प्रदेशमा पार्टीभित्र अन्तरघात भएको संसद् जोगाउँछु भन्दा आफूलाई विश्वासको मत नदिइएको दाबी गरे। आफ्नो सरकार ढाल्न लाग्दा फोन गरेर भेटेरै एकताको प्रयास गर्दा पनि नमानेको उल्लेख गर्दै अध्यक्ष ओलीले आफ्नो स्वार्थको लागि कहिल्यै पार्टीविरुद्ध नलागेको बताएका छन् । उनले एमालेलाई कमजोर गर्ने र देशलाई अस्थिरतामा लैजाने गरी कामहरू चलाइरहेको आरोप लगाए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।