सिसहनिया(देउखुरी दाङ) । दाङ जिल्लाको राप्ती गाउँपालिकामा ज्येष्ठ नागरिकलाई लक्षित गरी दिवा सेवा सुरु गर्न थालिएको छ । दिवा सेवा सञ्चालनका लागि राप्ती गाउँपालिकाले दुई स्थान छनौट गरी कार्य शुभारम्भ गर्न थालेकोले सम्पुण र्ज्येष्ठ नागरिकहरू सो सेवा केन्द्रमा सहभागी हुन राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले ज्येष्ठ नागरिकहरूमा अनुरोध गर्नु भएको छ ।
अध्यक्ष सुवदिले घरमा रहनु भएका ज्येष्ठ नागरिकको उचित स्हार गर्ने छोरा,छोरी बुहारी तथा अन्य सदस्यलाई गाउँपालिकाले नियमित रूपमा सम्मान गर्दै आएको बताउँदै हरेक परिवारले आफ्ना घरमा रहनुहुने ज्येष्ठ नागरिकलाई दिवा सेवामा सहभागी गराइदिन समेत अनुरोध गर्नु भएको छ ।
राप्ती गाउँपालिका महिला बालबालिका, अपाङ तथा ज्येष्ठ नागरिक शाखाले राप्ती गाउँपालिका क्षेत्रका ज्येष्ठ नागरिकलाई पाएक पर्ने गरी मसुरीया र सिसहनियामा दिवा सेवा सुरु गर्न थालेको महिला विकास निरीक्षक जीवन जिसीले जानकारी दिनु भएको छ ।
६० वर्ष माथिका नागरिकलाई एकैठाउँ राखेर गफगाफ, भेटघाट गर्ने, मनोरञ्जन गर्ने, दुख सुख साट्ने गरि बस्ने व्यवस्था मिलाई सेवा सुरु गर्न थालिएको सहायक महिला विकास निरीक्षक कल्पना खनालले जानकारी दिनु भयो । आगामी भदौ ७ गते मसुरीया स्थित रेडक्रस भवन र वडा नं ५ स्थित वडा कार्यालयको भवन बाट ज्येष्ठ नागरिक दिवा सेवा सुरु गरिने भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।