दल विभाजन सम्बन्धी अध्यादेशको विरोधमा घोडाघोडीमा युवा सङ्घको प्रदर्शन (फोटो फिचर सहित)



सुखड- नेकपा एमाले निकट युवा सङ्घ नेपाल कैलालीले दल विभाजन सम्बन्धी अध्यादेशको विरोधमा घोडाघोडी नगरपालिकामा बिहीबार विरोध प्रदर्शन गरेको छ । सुखडको भुखाली चौक देखि सुरु भएको विरोध ¥याली सुखड चोक आएर कोण सभामा परिणत भएको थियो ।सरकारले ल्याएको पार्टी विभाजन सम्बन्धी अध्यादेशको विरोधमा युवा सङ्घले प्रदर्शन गरेको हो ।

‘शेरे तेरो पाराले, दुःख पाए साराले’ ‘दल विभाजनसम्बन्धी अध्यादेश खारेज गर’ ‘भूमि आयोग खारेज गर्ने निर्णय फिर्ता ले’‘कम्फर्टेबल सरकार मुर्दावाद’ लगायत नारा लगाएर युवाहरूले प्रदर्शन गरेका हुन् ।नेकपा एमाले विभाजन गर्ने उद्देश्यका साथ कम्फर्टेबल सरकारले अध्यादेश भन्दै युवाहरू विरोधमा उत्रिएका हुन् ।

सरकारले मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकबाट केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत सङ्ख्या पु¥याए दल विभाजन गर्न सक्ने गरी राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याएपछि आफूहरू बाध्य भएर आन्दोलनमा उत्रनु परेको युवा सङ्घले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्