सिरहा लहान ४ भदौ- औरही गाउँपालिकाको छैठो गाउँ सभा कार्यक्रम सम्पन्न भएको छ।२०७८÷०७९ को बजेट कार्यक्रमको प्रमुख अतिथि सिद्धार्थ यादवको आतिथ्यमा कार्यक्रम सम्पन्न गरेको छ ।
गाउँ सभामा पाँचै वडाका वडा अध्यक्ष जनप्रतिनिधि सुरक्षाकर्मी पत्रकार लगायत उक्त गाउँ कार्यपालिकामा सेवा दिने कर्मचारीहरू लगायत प्रमुख प्रशासकीय अधिकृतको उपस्थितमा गाउँ सभा सम्पन्न भएको छ।
औरही गाउँपालिकाका सिद्धार्थ यादवका अनुसार विगतका कमीकमजोरीलाई सुधार गरेर सिरहाका १७ वटै स्थानियतह मध्ये औरहीलाई उत्कृष्ट गाउँपालिका बनाउनु पर्नेमा जोड दिएका छन् ।
छैठो गाउँभामा अध्यक्ष यादवले धेरै कमीकमजोरी सुधार गरेर औरही गाउँपालिकालाई उत्कृष्ट गाउँपालिकाको रूपमा स्थापित गर्न लागेका हुन् । विपक्षी प्रतिनिधिहरूको कारण विकास निर्माणको कार्यमा घिचातानी भए पनि अबको नयाँ बजेट पारित हुने लगत्तै विकास निर्माणमा तीव्रता दिने बताए ।
पक्ष विपक्षको सवाल नउठाई जनताको हकहित भनाले विकास हो भनी तथ्य लिएर हामीलाई सबैको साथको खाँचो रहेको बताउनु भयो।
योजना पूर्ण रूपमा कार्यान्वयन गर्नलगायत गाउँपालिकाको हरेक कार्यमा कर्मचारी र जनप्रतिनिधिबिच समन्वयात्मक स्वधन हुनु पर्नेमा प्रमुख प्रशासकीय अधिकृत साहले जोड दिनुभएको छ । साहका अनुसार बजेट तथा कार्य सबैलाई भलो गर्ने हिसाबले अगाडी बढाउन यहाँ वाट पारित भएको नीति नियम लागु होस बताउँदै भने विकास निर्माण जस्ता कार्यका लागि भुक्तानी गर्न नियम कानुनको परिधि भित्र रहेर स्थानीयहरूकै हकहितमा कार्य गर्न जति बेला जुन वेला सक्रिय रहेको बताए ।
उपभोक्ता समिति गठन गरे पनि काम गर्न नसकेको यथार्थ सबैका नछुपेको बताउँदै अध्यक्ष यादवले कार्यालयबाट पनि समयमा योजनाहरूको काम नसकेकोमा आपत्ति जनाएको छ।अध्यक्ष यादवले भने इतिहास फेरिन तराई मधेसका जनताहरूले कति आन्दोलन गरी सङ्घीयता पहिलो पनामा लेखन पाएको छु जसले स्थानीय,प्रदेश र केन्द्र गरी तिन तहमा विभाजन भएर आफ्नै गाउँ ठाउँमा सिंहदरबार तथा स्थानीय सरकार हुँदा हामी दुर्गम वासी हो भनी महसुस नगरी भाग्यशाली बनेको अनुभव गर्दछु ।
विपक्षीहरूलाई संवादमा आउन आग्रह गरे पनि एक अर्कामा मनमोटाव जस्ता विकृतिजन्य क्रियाकलापलाई बिर्सेर हाथोमैलो गरी सौन्दर्य औरही गाउँपालिका बनाउनेमा जोड दिएको छ । अन्तिममा भने अरूलाई मात्र दोष दिएर आफू पन्छिन मिल्दैन उनले भने ।
सबैले आ आफ्नो जिम्मेवारी लिन सक्नु पर्छ । गाउँपालिकाको छैठो गाउँभामा सहभागी सबै जनप्रतिनिधि, पत्रकार तथा कर्मचारीहरूलाई विशेष स्वागत गर्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामनारायण साहले गाउँभामा सहभागी सबैले गाउँभामा उठेका सवाल र विषय सुन्नु पर्ने बताएको छ । ०७८÷०७९ को नयाँ बजेट सार्वजनिक नगरेकोले अर्को समाचार मार्फत नै बजेट सार्वजनिक हुने अध्यक्ष यादवले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।