एजेन्सी । यही सोमबार अफगानिस्तानबाट सैन्य विमानको चक्कमा लुकेर यात्रा गर्ने क्रममा आकाशबाट झरेका तीन जनामध्ये एक जनाको फुटबल खेलाडी भएको बताइएको छ । अफगानिस्तानको खेलकुद सङ्घले १७ वर्षीय फुटबलर जाकी अनवारीको जहाजबाट खसेर मृत्यु भएको बिहीबार फेसबुकमार्फत सार्वजनिक गरेको छ।
तालिबानी लडाकुको त्रासका कारण सैन्य विमानको चक्कामा लुकेर यात्रा गर्न खोजेका अफगानिस्तानको राष्ट्रिय युवा फुटबल टिमका खेलाडी जाकी अनवारीको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
तालिबानी लडाकुले अफगानिस्तान कब्जाका लिएपछि अमेरिकी आर्मीको विमानमा लुकेर सुरक्षित देशतर्फ जानेक्रममा उनको निधन भएको अफगानिस्तानको शारीरिक शिक्षा तथा खेलकुद निर्देशनालयले पुष्टि गरेको छ ।
सोमबार मात्र तीन जना अफगानी नागरिक उडिरहेको विमानबाट खसेका थिए । सैन्य विमानको टायरमा बसेर भाग्न खोजेका उनीहरू काबुल सहरको माथि उड्दै गरेको विमानबाट खसेका थिए । केही व्यक्तिको शव स्थानीयको घरको छतमा खसेका थिए । विमानबाट खस्रेमध्येमा फुटबलर अनवारीसमेत रहेको अफगानिस्तान फुटबल महासङ्घले जनाएको छ ।
सोमबार सामाजिक सञ्जालमा देखिएको भिडियोमा अमेरिकी सैन्य विमान उड्ने तयारी गरिरहँदा केही मानिसहरु विभिन्न ठाउँबाट चढ्ने प्रयास गरिरहेको देखिन्छ। त्यसअघि सोमबार बिहान विमानस्थलमा कम्तीमा तीन जनाको मृत्यु भएको थियो। अमेरिकी सेनाले विमानस्थलमा फायर गर्दा उनीहरुको मृत्यु भएको बताइएका थिए ।
https://twitter.com/Bangtanniiees/status/1427266790384562177?s=20
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।