बझाङ । बुङगल नगरपालिकामा रहेको सानिगाड नदी थुनिएको छ । भारी वर्षा र मौसममा परिवर्तनका कारण नगरपालिकाका को वडा नम्बर ७ मा रहेको महादेव माविको गेट बाट पुरै डाँडो भत्किएर नदिमा पुगेपछि थुनिएको स्थानीय अमर विक्रम ओखेडाले बताए ।
उनका अनुसार ७ मा थुनिएको नदिले मानव बस्ती देखि अन्य क्षेत्रमा धेरै क्षेत्री पुग्ने देखिएको छ करिब १ घण्टा अगाडि देखि थुनिएको नदी थुनिँदै माथिबाट ओभर फाेलाे हुँदै निकासा भएको खबर प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताउनु भयो ।
प्रमुख जिल्ला अधिकारीका अनुसार कालङगा हाइड्रोपावरमा रहेका उपकरण लाई प्रयोगमा ल्याउन अनुरोध गरिएको छ । भने सुरक्षा निकाय तैनाथ स्थलमा पुग्दै छ । प्रहरी टोली पुगी सकेको र आर्मी शस्त्र टोली केही बेरमा पुग्ने र लागिपरेको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीको भनाइ छ । सबैलाई सचेत रहन आग्रह गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।