सैघाली खबर
दाङ । “उद्योग व्यापार एवं कृषि पर्यटनको विकास, परनिर्भरमुखी अर्थतन्त्रको निकास” भन्ने मुल नाराका साथ दाङको घोराहीमा आज देखि दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृर्षि प्रर्दशनी २०७४ को सम्पूर्ण सुरु भएको छ ।
उद्यम शिलताको विकास , कृषि जन्य बस्तु उत्पादनका बारेमा सचेतना र संस्थागत विकास गर्ने मुख्य उदेश्यका साथ सुरु भएको महोत्सबको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्नु भएको थियो । आज देखि १३ गते सम्म संचालन हुने मुल आयोजक समितिका संयोजक समिमितिले जनाएको छ । १ सय १३ स्टल रहेको महोत्सबमा करिब २० करोड बरावरको आर्थिक कारोवार हुने लक्ष्य आफुहले राखेको आयोजकले वताएको छ ।महोत्सब अबधिभर झण्डै ५ लाख दर्शकले अबलोकन गर्ने बताउँदै यसका लागि सबै तयारी पुरा भएको बताउँनुभयो ।
महोत्सबमा आउँने सम्पुर्ण सर्बसाधारणलाई उद्यमशिलताको विकासका बारेमा जानकारी दिने मुख्य उदेश्य राखेको वताउँदै त्यसका लागी स्थानिय स्तरमा उत्पादित कृषि जन्य बस्तु प्रर्दशनी राखेको समेत आयोजक दाङ उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुषालले जानकारी दिनुभयो ।संघीयतामा देश प्रवेश गरे संगै ५ नं. प्रदेशमा कृषि क्षेत्रको बृहत विकास गर्नका महोत्सबले सहयोग पु¥याउँने भुषालले जानकारी दिनुभयो ।
महोत्सबमा स्थानिय कला संस्कृतिको विकास र दाङमा उत्पादित घरेलु तथा कृषि जन्य बस्तुको प्रर्दशनका लागि बिशेष ध्यान दिएको उहाँले बताउँनुभयो । जिल्लाका बिभिन्न विद्यालयमा अध्यणरत बिद्यार्थीहरुले उत्पादन गरेका बिज्ञान सामग्री समेत प्रर्दशनीमा राखिएको बताउँनुभयो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।