पूर्वमन्त्री हृदेश त्रिपाठी भोलि कपिलवस्तु आउँदै जनतामा उत्साह



कपिलवस्तु नेपाल सरकारका पूर्व मन्त्री तथा स्वतन्त्र राजनीतिक समूहका संयोजक समेत रहेका हृदेश त्रिपाठी भोलि भाद्र ५ गते शनिवारका दिन कपिलवस्तु आउने भएका छन् l 

कपिलवस्तु जिल्लाको महाराजगंज नगरपालिका वडा नं ७ सतभराको समयमाता पूरम मन्दिरको धर्मशालामा कार्यकर्ता तथा शुभचिन्तक हरूको भेटघाट गर्नका लागि कपिलवस्तु भ्रमणमा आउने भएका छन् l

आफ्नो कार्यकालमा  पूर्व मन्त्री हृदेश त्रिपाठीले कपिलवस्तु जिल्लामा  विकास निर्माणको क्षेत्रमा विशेष योगदान गरेकाले उहाँ कपिलवस्तु भ्रमणमा आउने कुरा लाई लिएर जनतामा उत्साह देखिएको परमेश्वरी दयाल मिश्रले बताए l

पूर्व मन्त्री त्रिपाठीको स्वागत नेता तथा अभिनेता श्याम कुमार मिश्र को अगुवाइमा , गोवर्द्धन मौर्य, कपुर पासवान, श्याम सुन्दर चौधरी, राजमन थारु चौधरी, सरदार नाउँ, हरिराम तेली , छोटे लाल यादव, धनी राम मौर्य , शामा मुसलमान, मनिराम चौधरी, भादौ तेली,प्रेम  शङ्कर शुक्ल, हरि प्रसाद यादव, गोली केवट, दिलीप चौधरी, रामरूप विश्वकर्मा, टेकधर उपाध्याय, दिलीप चौधरी, पंचराम कहार, राम अवतार बरई लगायत बुद्धिजीवी, शिक्षा प्रेमी, समाजसेवी महानुभाव हरूले स्वागत गर्ने हरिद्वार प्रसाद चौधरी (पप्पु चौधरी) ले जानकारी दिए l 

शनिवार भोलि ११ बजे सुरु हुने  कार्यक्रमको सम्पूर्ण तयारी पुरा भैसकेको जानकारी गराउँदै उक्त समय र उक्त स्थानमा उपस्थितका लागि सम्पूर्णमा अनुरोधका लागि आह्वान देवेन्द्र कुमार चौधरी (पप्पु) ले गर्नुभयो l 

कोभिड १९ को सङ्क्रमणबाट आफू बच्न र अरूलाई बचाउनका लागि कार्यक्रममा आउँदा नेपाल सरकारले  जारी गरेको स्वास्थ्य मापदण्ड पालना गरी कार्यक्रममा सहभागी हुन श्रवण कुमार चौधरीले अपिल गरेका छन् l

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्