काठमाडौँ । चर्चित टेलिभिजन रियालिटी सो नेपाल आइडल’का निर्णायक परिवर्तन भएका छन् । फ्रेन्चाइज गायन रियालिटी सो नेपाल आइडलले चौथो सिजनका लागि निर्णायकहरू परिवर्तन गरेको हो । एपीवान टेलिभिजनले शुक्रवार शम्भुजित बाँस्कोटा, शिवानी मोक्तान र सुगम पोखरेललाई जजको रूपमा चयन गरेको छ ।
नेपाल आइडल सिजन-४ मा तीन जना निर्णायकसहित टिकटक स्टार तथा मोडेल रेस्मा घिमिरे पनि जोडिएकी छन् । तर, उनको यो प्रवेश होस्टको रूपमा भएको हो । रेश्माले अभिनेता एवं गायक समेत रहेका आसिफ साहसँग मिलेर गायन रियालिटी सोको चौंथो सिजनलाई होस्ट गर्नेछिन् ।
आसिफ र रेश्माले यसअघि केही म्युजिक भिडिओमा सँगै अभिनय पनि गरेका छन् । म्युजिक भिडिओको चर्चित जोडीलाई अब होस्ट जोडीको रूपमा हेर्न पाइने भएको छ । सो निर्देशक सुरेश पौडेलका अनुसार कोरोना महामारीको कारण यस पटक डिजिटल अडिसन आयोजना गरिएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।