बारामा दलित महिला जनप्रतिनिधिमाथि निर्घात कु’ट’पिट, ८ जना प’क्राउ



बारामा स्थानीय तहका एक महिला जनप्रतिनिधिलाई नि’र्घात कु’ट’पिट गरेको घ’ट’ना सार्वजनिक भएको छ । बाराको कलैया उपमहानगरपालिका २७ की वडा सदस्य तारादेवी पासवानमाथि स्थानीयवासीले कुटपिट गरेका हुन् । पासवानमाथि स्थानीय जोगिन्द्र साहसहितको समूहले कुटपिट गरेको प्रहरीले जानकारी दिएको छ । वडा सदस्य पासवानमाथि गाउँकै एक महिलालाई अर्का पुरुषसँग भगाउन सहयोग गरेको आ’रोप लगाउँदै उक्त समूहले हातपात गरेको बताइएको छ ।

आक्रमणकारीहरूले महिला सदस्य पासवानलाई खम्बामा बाँधेर कु’ट’पिट गरेका थिए । आक्रमण भएको सूचना पाए लगत्तै गएको प्रहरी टोलीले तारादेवीको उद्धार गरेको थियो । प्रहरीले तारादेवीलाई उद्धार गरी उपचारका लागि कलैया अस्पतालमा  भर्ना गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

आक्रमणमा संलग्न रहेको आ’रोपमा प्रहरीले साहसहित ८ जनालाई प’क्राउ गरेको छ । उनीहरुविरुद्ध बारा जिल्ला अदालतमा सामाजिक अपराध अन्तर्गत अभद्र तथा अमानवीय व्यवहार विरुद्धको मुद्दा दायर भएको प्रहरीले जानकारी दिएको छ । रातोपाटीबाट

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्