देशभरका ६ महानगरमध्ये सुशासनमा भरतपुर महानगर सबैभन्दा अब्बल



चितवन । देशभरका ६ महानगरमध्ये चितवनको भरतपुर महानगरपालिकाको बेरुजु सबै भन्दा कम देखिएको छ। महालेखापरीक्षक कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार भरतपुर महानगरको बेरुजु सबै भन्दा कम देखिएको हो।

भरतपुरको बेरुजु २.०२ प्रतिशत मात्रै छ। महानगर प्रमुख रेनु दाहालले कुल बेरुजु मध्ये आधा भन्दा बढी पेस्की बेरुजु रहेको बताइन्। पेस्की बेरुजु छिट्टै फछ्र्योट हुने समेत मेयर दाहालले बताइन्। लेखा परीक्षण हुँदासम्म बेरुजु शून्यमा झार्ने उनको भनाई छ।

६ महानगरमध्ये काठमाडौँ महानगरपालिकाको बेरुजु सबैभन्द बढी छ। काठमाडौंको ११.८६ प्रतिशत बेरुजु देखिएको छ।काठमाडौँपछि वीरगञ्ज महानगरमा धेरै बेरुजु रहेको छ। वीरगञ्जको ८.२६ प्रतिशत बेरुजु देखिएको छ।

उता ललितपुरको ७.२२ प्रतिशत, पोखराको ७.४२ प्रतिशत र विराटनगरको ३।२१ प्रतिशत रहेको छ। महानगरको समग्र बेरुजु ७.३८ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ। लोकपाटीबाट

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्