महेश सिंह/आर्ति सिंह सिरहा लहान ६ भदौ – सिरहाको नबराजपुर गाउँपालिका ३ मझौरा गाउँमा एन सेल सेवाग्राहि मार्मा परेका छन्। पालिका भित्र करिब ९०% प्रतिशत व्यक्तिले एन सेल मोबाइलको सेवा लिँदै आएका छन् । एन सेल सेवा प्रभाबित हुँदा उपभोक्ताहरु नेपाल टेलिकमको सेवा लिन अर्थात् NTC को सिमकाड खरिद गर्न लागेका हुन् ।
एन सेल सेवामा पल्केका उपभोक्ताले NTC को सिमकार्ड खरिद गर्न लागेका हुन् । करिब१६ वर्ष देखि एन सेल मोबाइलको सेवा प्रदान गर्दै आएका स्थानीयले Ncell मोबाइलको सेवा कमजोर हुँदै जाँदा सेवाग्राहिले हरेस खाएर अर्को विकल्प खोज्न लागेका हुन् । Ncell मोबाइलको उदासीनताको कारण गाउँपालिकामा सेवा ग्राही मर्कामा परेका छन्।
छिमेकी मुलुक भारतको बोर्डर नजिकै रहेकोले एन सेल कम्पनीको उदासीनता देखाएकै कारण स्थानीयले अर्को विकल्प रोजेका छन्। एन सेल सेवामा देखिको खराबीको कारण उपभक्तलाई सास्ती खेप्नुपरेको हो।सेवा प्रभावित हुँदा उपभोक्ताहरुले दुःख व्यक्त गरेका छन्। स्थानीय सेवाग्राहिले एनसेल लिन त्राहिमान रहेको छ। स्थानीय सेवाग्राहिले उक्त मझौरा गाउँमा टावरको अपेक्षा गरेको छ स्थानीय दर्जनौँ सेवा ग्राहीको माग रहेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।