उत्सवलाई निराश बनाउने यो दिन 



आज भदौ ६ आर्थात अगष्ट २२ रक्षा बन्धन पर्व दाजु-भाइ, दिदी-बहिनी बीच माया, शान्ति र हाँसोसँगै यादगार समयको प्रतीकको रूपमा मनाउने गरिन्छ । रक्षा बन्धनमा प्रायः राखीको उपहार आदान-प्रदान गरिन्छ । तर किन ? आज मलाई निकै नै पीडा भइरहेको छ किन भने आज मेरी दीज्जु हजुर मेरो साथ मा होइसिन्न । हजुर मेरो साथ मा नभएर म आज धेरै नै दुःखी छु ।

मलाई थाहा छ, दुःख छ, पीडा छ भन्दैमा मान्छेले सधैँ त्यसैलाई सम्झिएरै बस्नु त हुन्न तर निर्दोष दीज्जुलाई त्यसरी चट्ट माया मारेर बिर्सन खोजे पनि नसकिने रहेछ। साँच्चै गाह्रो हुँदो रहेछ,’ घटना सम्झिँदा आज पनि उत्सवका आँखाबाट आँसु थामिँदैनन्। रक्षा बन्धन आएको छ या छैन भन्ने जस्तो महसुस पनि भैराको छ” दिज्जु “। किन भने अहिले हजुर मेरो साथमा होइसिन्न । हजुरले दिसेको उपहार कुनै मामुली थिएन त्यति बेला कुनै वास्ता नै भएन । आज आएर ती उपहार अनि ती हाँसो लाई सम्झेर मेरो आँखा बाट आँसु खस्दै छन् । त्यो दिन हजुरले मलाई खुवाउने भनेर ल्याएको मिठाइ मैले चोरेर खाको बिर्सेको छैन । हजुर ले ती हात बाट लगाएको टिका अझै नि मेरो निधार मा छँदै छ जस्तो लाग्दै छ । आज हजुर न भएर मेरो हात मा कुरै रक्षाको धागो नै छैन । छ त केवल त्यो पुरानो रक्षा को धागो छ । त्यही पुरानो रक्षा भए पनि समालेर राखेको छु । नयाँ न लगाउन पाए पनि त्यसलाई नयाँ सम्झेर राख्ने गर्छु । हजुरको हात बाट रक्षा र टिका न पाएर मैले आज अरू कसैको हातबाट पनि  लगाएको छैन । किनकि अरूले लगाउँदा हजुर को याद आएर मन समाल्न सक्दैन । 

हजुरलेले पनि मलाई केही दीसेको थियो त्यही मायालाई सम्झेर अहिले आँखामा आँसु थाम्न सकिरा छैन । मेरी दीज्जु अहिले म सँग न भए पनि पहिलेको  माया लाई मनमा समालेर राखेको छु ।  जीवनको लागि कति महत्त्व रहेछ भनेर आज आएर बुझ्दै छु  । आजकलका युवा पिँडी पढाइ र नोकरीको खोजीमा घरबाट दोस्रो सहरमा गएर रहने बाध्यता छ । यस्तो अवस्थामा उसलाई खर्चको व्यवस्थापन गर्न मुस्किल पर्छ । त्यस्तै मेरी दीज्जु हजुर पनि बाध्यताले अर्काको सहरमा होइसिन्छ । हजुर जहाँ भएँ पनि यो अभागी भाइले हजुरलाई सम्झिरहने छ । मेरी दीज्जू  हजुरलाई कहिल्यै पनि दुःख पीडा न होस् भनेर यो भाइले अपेक्षा गरिरहने छु । हजुरको हातबाट टिका लगाउन न पाएर आज म हजुरलाई सम्झेर पहिलेको रक्षालाई सम्झी रुनु परेको छ । यो वर्ष जस्तो भए पनि अर्को वर्ष पक्कै पनि हजुरको हातबाट टिका लगाउन पाउँछु भन्ने आस गरेको छु ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्