जनताको हित र क्षेत्रको विकासमा सधैँ काम गर्छु : पूर्व मन्त्री मिश्र



कृष्णनगर । कपिलवस्तु कार्यक्रममा बोल्दै प्रमुख अतिथि स्वतन्त्र राजनीतिक समूहका संयोजक पूर्व मन्त्री  हृदयेश त्रिपाठीले आफूहरू स्वतन्त्र राजनीतिक समूहलाई वृहत् छलफल गरी नयाँ पार्टी गठन गराउने प्रक्रियामा रहेको, संविधानमाथि खतरा बढिरहेको प्रदेश २ का मधेसवादी नेताहरूले आफूहरूलाई धोका दिएकै कारण स्वतन्त्र राजनीतिक समूहको उदय भएको बताए ।

कपिलवस्तु महाराजगंजमा  नगरपालिका ७ समयमातापुरम मन्दिरको धर्मशालामा सम्पन्न स्वतन्त्र राजनीतिक समूहको शुभचिंतकहरुको भेटघाट कार्यक्रम प्रमुख अतिथिकाे रूपमा बोल्दा हिजो व्यक्त गरेका हुन्  । त्यस क्रममा उनले थप भने -सांसद पुनर्स्थापना गर्ने कुरा अदालतको आधिकार कार्य क्षेत्रमा छ तर अदालतले व्यक्तिलाई नै तोकेर प्रधानमन्त्री बनाउनु भन्ने कुरा अदालतको कार्यक्षेत्र भित्र पर्दैन। संसदकाे अधिकार  माथि अतिक्रमण भएको छ । सांसदले मात्र प्रधानमन्त्री बनाउन सक्छ । 

बिस्तारै विस्तार संविधान नै खतरामा गइरहेको राष्ट्रको राजनीति घटनाले पुष्टि गरी रहेको उल्लेख गर्दै उनले देशको राजनीतिक अवस्था विचलित रहेको हालको सरकार पनि जिम्मेवारी पुरा गर्न नसक्दै सांसद विघटन गरी वैशाख सम्ममा  तिनै तहको निर्वाचन समेत हुन सक्ने अवस्था रहेको  पनि कुरा उठाए।

मैले आज पनि मधेसी जनताको हक अधिकारका कुरा नबिर्सेको दर्ता हुने नयाँ पार्टीले मधेस तथा किसानहरूको हक अधिकारको लागि प्रमुख उद्देश्य राखी काम गर्ने छ ।

कार्यक्रमका विशिष्ट अतिथि पूर्व मन्त्री मिश्रले  जनतालाई सम्बोधन गर्दै भने आफू मन्त्री हुँदा आफ्नो क्षेत्रमा पर्ने सम्पूर्ण गाउँको सडक निर्माण स्तरोन्नति र बाटो पिचको काम गरे । आफू यो क्षेत्रका जनताको सेवकको रूपमा रहेको र म चुनावमा   पराजित भये पनि जनताको हित र क्षेत्रको विकासमा माननीय हृदयेश त्रिपाठीको सहयोगमा यस क्षेत्रमा १३ करोडको रकम जनताका लागि ल्याएको बताउँदै आफू सधैँ यस क्षेत्रका जनताको मनोभावना बुझेन हरेक सम्भव कोसिस गरेर विकास गर्ने कुरा बताउँदै आउने चुनावमा जनताले मूल्यांक  गर्ने छ ।

गोवर्द्धन मौर्याको अध्यक्षता तथा कार्यक्रममा, स्वतन्त्र राजनीतिक समूहका नवलपरासी संयोजक राधेश्याम उपाध्याय  रामनरेश उपाध्याय अतिथिमा विनोद ठाकुर नरेन्द्र चौधरी,सुदामा कुशहवा पनि रहेका थिए ।

कार्यक्रमका प्रमुख अतिथिलाई नेता तथा अभिनेता श्याम कुमार मिश्रको अगुवाइमा प्रेम शङ्कर सुक्ला लगायत बुद्धिजीवी समाजसेवी शिक्षाप्रेमीहरुले स्वागत गरेका थिए।हजारौँ को सङ्ख्यामा समाजका अगुवाहरूको उपस्थित थियो l रक्षाबंधन पर्व एक दिन अगाडि  र पानी परेको अवस्था समेतमा जनताको उपस्थित र उत्साह कम देखिएन l

कार्यक्रममा डां भानु त्रिपाठी,दुर्गेश त्रिपाठी,देवेन्द्र चौधरी, हरद्वार चौधरी रामप्रति यादव,ब्रह्मा विश्वकर्मा,परमेश्वरी दयाल मिश्र, इन्द्र जीत यादव,चिम्नीलाल कुर्मी, शमा मुसलमान,गोली केवट,पञ्चराम कहार, रामवतार बराइ,श्रावण कुमार चौधरी, अभिषेक उमेद लगायत बुद्धिजीवी समाजसेवी शिक्षा प्रेमी,विकास प्रेमी, स्वतन्त्र राजनीतिक समूहका शुभचिन्तक पत्रकार सुरक्षाकर्मी लगायतहरुको उपस्थिति रहेको थियो।कार्यक्रम सञ्चालन राजकुमार चौधरीले गर्नु भयो l

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्