सैघाली खबर,
।बुटवल ३ फागुन। प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्। बिहीबार प्रदेश प्रमुखको निजी सचिवालय नजिकको खुला स्थानमा प्रदेश प्रमुख उमाकान्त झाले शपथ ग्रहण गराएका हुन्।
वाम गठबन्धनका संयुक्त उम्मेदवार एमाले संसदीय दलका नेता शंकर पोखरेललाई बुधबार प्रदेश प्रमुख उमाकान्त झाले संविधानको धारा १६८ को उपधारा २ बमोजिम नियुक्त गरेका थिए।
मुख्यमन्त्रीको शपथ लगत्तै एमाले र माओवादी केन्द्रका १र१ जना मन्त्रीले शपथ लिएका छन्। माओवादी केन्द्रका कुलप्रसाद केसीले आन्तरिक मामिला तथा योजना र एमालेका वैजनाथ चौधरीले भौतिक पूर्वाधार विकास मन्त्रीको रूपमा शपथ लिएका हुन्।
मुख्यमन्त्री र मन्त्रीहरूलाई प्रदेश प्रमुखले शपथ गराएका हुन् । शपथ ग्रहणपछि बिहीबार नै पोखरेलले पदभार ग्रहण गर्नेछन्।
मन्त्रिपरिषद् बैठक बस्ने र बैठकपछि पदभार ग्रहण गर्ने प्रमुख सचिव शंकर पाठकले जानकारी दिए। बैठकपछि पदभार ग्रहण गर्ने र लगत्तै पत्रकारहरूबीच सम्बोधनको कार्यक्रम तय भएको प्रमुख सचिव पाठकले जानकारी दिए।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।