बझाङ । सिमखेतमा सडक भासिदा आवतजावतमा समस्या भएको छ ।
जिल्लाको सदरमुकाम चैनपुर नजिकै रहेको सिमखेतमा सडक भासिएको छ । विगत २ । ३ दिन अगाडी आएको अविरल वर्षाले सडकमा पानी परेपछि भासिएको स्थानीय राजु जार्गीले बताए ।
सदरमुकाम चैनपुर देखी सिमखेत हुँदै,तलमाथि गर्नमा निकै कठिन भएको पाइन्छ । सिमखेतको डाफे रिर्सोट नजिकै सडक भासिए पछि बजार आउने र बजार बाट बाहिर जाने ठुला सवारी साधनहरू वरिपारि लाइनबद्ध भएको देख्न पाइन्छ ।
हिजो मात्र सडक भासिएको हो । यसरी सडक भासिदा सदरमुकाममै रहेको जयपृथ्वी नगरपालिका भन,े मुख दर्शक भएको छ । प्रहरीको टोली सडकमा गएको पाइनछ । यस विषयमा प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराउँदा ग्वाललेक निर्माण सेवालाई हिजो मात्र सम्पर्कमा ल्याएको आज १० बजे पछि काम सुरु गर्छु भनेर काम सुरु गरेको आफूले यस विषयमा निरन्तर दबाब दिएको उहाँको भनाई छ ।
यता जय पृथ्वी नगरपालिका त्यसै सडक हुँदै कार्यालय जानुपर्छ तर उहाँ भने कानमा तेल हालेर कसेका देखिनछन् । ग्वालले निर्माण सेवाका इन्जिनियर विशा ज्ञवालीका अनुसार काम सुरु भई सकेको माटो फिलिङ्ग गर्दै सडक सञ्चालनमा चाडै आउने उहाँको भनाई छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।