राष्ट्रिय प्रजातन्त्र पार्टी विराटनगर महानगरपालिका परिषद्को आज यहाँ भएको भेलाले पूर्व प्रहरी नायव उपरीक्षक युवनारायण वैद्यको अध्यक्षतामा ३१ सदस्यीय कमिटी गठन गरिएको छ।
कमिटीका सदस्यहरूमा प्रह्लादप्रसाद शाह,शयेन्द्रा बान्तवा,केदार कोइराला,विश्व मोहन थापा,दिनेश शाह,नरेश राई,उद्धवचन्द्र घिमिरे,उद्धवप्रसाद दाहाल,आरती गेलाल,प्रदीप शर्मा,हिरालाल सेन्चुरी,डा. दुर्गाबहादुर अधिकारी,पुष्पा तिवारी,शोभा श्रेष्ठ र मन्जु कार्कीलाई चयन गरिएको छ।
यसै गरी अन्य सदस्यहरूमा राजकुमारी रेग्मी, गङ्गा खतिवडा,पदमा थापा,रामकिशुन शाह, सञ्जयविक्रम अधिकारी,रतन तामाङ, नबि हुसेन र सोमप्रसाद भट्टराई, केशव ढुङ्गाना, रामचन्द्र शाह,रामदेव कामत,रेखा पासवान, राजु शर्मा,डिल्लीराम भण्डारी र देवेन्द्र राई रहनु भएको छ ।
अध्यक्ष वैद्य राष्ट्रवादप्रति सदैव अग्रसर रहेर कार्यहरू गर्ने,हक्कि स्वभावका इमानदार र कर्मठ व्यक्तित्व रहनु भएको उहाँलाई पार्टीका अग्रज नेताहरूले सर्वसम्मत रूपमा चयन गरिएको हो ।
परिषद्को भेलामा पूर्व महानगर प्रमुख प्रह्लाद शाह,केन्द्रीय कार्य सम्पादन समिति सदस्यहरू केदार कोइराला, (तराई मधेस) केन्द्रीय प्रमुख दिनेश शाह,विश्व मोहन थापा,केन्द्रीय सदस्यहरू श्यामबहादुर कार्की, उद्धवचन्द्र घिमिरे र जिल्ला कार्य कार्यकारी अध्यक्ष माधव आचार्य, डा.दुर्गा अधिकारी र नगर संयोजक हिरालाल सेन्चुरीले लगायत पार्टीलाई देशमा वैकल्पिक प्रजातान्त्रिक शक्तिको रूपमा स्थापित गराउन हामी सबै लाग्नु पर्नेमा जोड दिनु भयो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।