वामदेव गौतमले भने- अहिलेसम्म म नेकपा एमालेमै छु



काठमाडौँ । नेकपा एमालेका नेता वामदेव गौतमले आफू माधव नेपाल नेतृत्वको नयाँ पार्टीमा लागेको कुरामा कुनै सत्यता नरहेको बताएका छन्। उनले आइतबार वक्तव्य जारी गरेर आफू हालका लागि नेकपा एमालेमै रहेको उल्लेख गरेका हुन् ।

माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा गइसकेको भन्दै बाहिर समाचार आएपछि गौतमको सचिवालयले अहिलेसम्म नेकपा एमालेमा नै रहेको जनाएको हो ।

गौतमको सचिवालयले आइतबार वक्तव्य जारी गरेर भनेको छ, ‘आजकल केही दिनदेखि विभिन्न पत्रपत्रिका र सामाजिक सञ्जालमा क. वामदेव गौतमको नाम जोडेर मन्त्री बन्दै हुनुहुन्छ र नेकपा एकीकृत समाजवादी पार्टीमा गइसकेको भन्दै फोटोसहितका ब्यानर प्रकाशित गर्नु उहाँको चरित्र हत्या गर्नु बाहेक केही होइन । , ‘क. वामदेव गौतम अहिलेसम्म एमालेमा नै रहेको र नेकपा एमालेको नेतृत्वको कार्यशैलीप्रति लामो समयदेखि मतभेद राख्दै आएको कुरा पनि स्वाभाविक हो । तसर्थ अन्य खाले प्रचारप्रसारमा कुनै सत्यता नभएको जानकारी गराउन चाहन्छु ।’

लामो समयदेखि एमाले एकताका लागि भन्दै तटस्थ बसेका गौतम नेपालले नयाँ दल दर्ता गराएपछि ‘वामदेव गौतम मन्त्री बन्दै, नेपाल नेतृत्वको नयाँ पार्टीमा लागेको’ लगायतका समाचार सार्वजनिक भएपछि उनको सचिवालयले चरित्रहत्या गर्न खोजेको आरोप लगाएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्