अफगानिस्तानको काबुल विमानस्थल बाहिर सात जना अफगानी नागरिकको मृत्यु भएको छ । देश छाड्न तयार भएर विमानस्थल बाहिर बसेको भीडमा च्यापिएर साता जनाको मृत्यु भएको बेलायतको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।
तालिबानले अफगानिस्तान कब्जा गरेपछि अहिले त्यहाँको विमानस्थलमा त्यहाँबाट बाहिरिन चाहनेहरूको दैनिक भीड लागिरहेको छ। अहिले काबुल विमानस्थलमा अमेरिकी सेनाको सुरक्षा दिइरहेको छ । अफगानिस्तानमा अमेरिकी सेनाको उपस्थिति रहेको यो एक मात्रै ठाउँ हो । विमानस्थलबाहिर भने तालिवानी लडाकुहरू बसेका छन् ।
बेलायतको रक्षा मन्त्रालयले भनेको छ, ‘अफगानिस्तानको भूमि अहिले धेरै नै चुनौतीपूर्ण बनिरहेको छ। तर जतिसक्दो सुरक्षा दिएर सम्हाल्ने कोसिस गरिरहेका छौँ।’
हजारौँ अफगान नागरिक देशबाट निस्किने प्रयास गरिरहेका छन्, जसले गर्दा काबुलको विमानस्थलमा भाग दौड मच्चिरहेको छ। विमानस्थलको सुरक्षाका लागि हजारौँको सङ्ख्यामा सुरक्षा बल प्रयोग गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।