महिला अधिकारकर्मीहरु तुलसीपुरमा भेला



दिपक बोहरा।
तुलसीपुर ३ फागुन ।

पाँच नंबर प्रदेशका महिला अधिकारकर्मीहरु तुलसीपुरमा भेला भएका छन् । त्यस अबशरमा मौलिक अधिकार समितिका पूर्ब अध्यक्ष तथा महिला अधिकारकर्मी डा. बिन्दा पाण्डेले राज्यका हरेक तहमा महिलाहरुको सहभागीता गराउन सफल भएको भन्दै महिलाहरुले आफुले पाएको अधिकार प्रयोग गरी प्रभाबकारी सेवा प्रदान गर्नुपर्ने वताएकी छिन् । महिला मञ्चले तुलसीपुरमा आयोजना गरेको पाँच नंबर प्रदेश स्तरीय कार्यक्रममा राष्ट्रिय महिला आयोगका संस्थापक सदस्य पाण्डेले स्थानीय तह, प्रदेशसभा, प्रतिनिधिसभा तथा राष्ट्रिय सभामा महिलाहरुको प्रतिनिधित्व गराउन सफल भएको भन्दै अब आफुले पाएका अधिकार प्रयोग गरी उत्कृष्ठ काम गर्नुपर्ने वताईन् ।

महिलाहरुले पनि अबशर पाएमा राम्रो काम गर्न सक्छन भन्ने उदाहरण दिने गरी काम गर्न उनले सुझाब दिईन् । अहिले धेरै जसो महिलाहरु पालिकाको उपप्रमुख बनेको भन्दै उपप्रमुख, उपप्रमुखमा सिमित नभई न्याय समितिको पुर्ण जिम्मेवार ब्यक्ति भएको उनले वताईन् । उनले हरेक नागरिकलाई स्वच्छ, निश्पक्ष न्याय दिन आग्रह गरेकी छिन् ।

कार्यक्रममा महिला अधिकारकर्मी रेणु अधिकारीले महिलाहरुका बिभिन्न गैरसरकारी संस्थाको सक्रियताले गर्दा नै महिला आन्दोलनले सार्थकता पाएको वताईन् ।

महिला मञ्च मूल आयोजक समिति संयोजक लक्ष्मी आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा पाँच नंबर प्रदेशका महिलाहरुको सहभागिता रहेको थियो । सदस्य बिमला योगीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रममा एमाले दाङका अध्यक्ष टिकाराम खड्का, काग्रेस दाङका कोषाध्यक्ष साबित्रा राणा, माओवादी केन्द्र तुलसीपुरका अध्यक्ष राम बहादुर दहित‘अञ्जान’लगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण महिला अधिकारकर्मी शुष्मा लामिछानेले गरेकी थिईन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्