चलचित्र तिम्मक (बन्दुक) को पोस्टर सार्वजनिक( फोटो फिचर )



काठमाडौं – रोमियो फिल्मस् प्रा.लिको ब्यानरमा बनेको चलचित्र तिम्मक (बन्दुक) को पोस्टर सार्वजनिक भएको छ । ललितपुर स्थित युङचाहिममा एक पत्रकार सम्मेलन गरी सार्वजनिक गएिको हो ।

किशोर कुमार लिम्बू र सीता कुमारी तुम्बापोले निर्माण गरेको चलचित्रमा खगेन्द्र पन्धाक लिम्बूको लेखन तथा निर्देशन रहेको छ भने छायांकन र सह – निर्देशन विबी लिम्बूको रहेको छ । तेह्रथुम जिल्लाको रमणीय ठाउँहरुमा खिचिएको चलचित्र दसैमा प्रर्दशन हुने निर्माता तुम्बापोले बताइन् । यी दम्पत्तिको यो तेस्रो चलचित्र हो ,यस अघि नेपाली कथानक चलचित्र ‘थात्थलो’ र ’घरजम’ निमार्ण गरिसकेका छन् ।

उक्त चलचित्रमा किशोर कुमार लिम्बू,सीता कुमारी तुम्बापो, सुमि लिबाङ लिम्बू, बिमल पन्धाक लिम्बू, सोनिया लिम्बू, जोन पुलामी मगर, मित्र तामाङ, सुजन तामाङ, बाल कलाकार निङवा पन्धाक लिम्बू, बिरु पन्धाक लिम्बू र दुर्गा पन्धाक लिम्बू आदिको अभिनय रहेको छ ।

द्धन्दकालमा सत्तापक्ष र माओबादीबाट लिम्बू याक्थुङबाहरुको सांस्कृतिक पहिचान तिम्मक (बन्दुक) खोसियो । खोसिएको बन्दुक स – सम्मान फिर्ता गरिएको छैन् । यतिका धेरै वर्षहरु बितिसक्दा पनि यो मुद्धालाई कुनै चलचित्रमा उठाएनन् । तसर्थ याक्थुङबा लिम्बूहरुको जीवनमा बन्दुक के हो ? बन्दुकको दर्शन र सौन्दर्य के हो ? लिम्बूहरुलाई किन बन्दुक चाहिन्छ ? आदि विषयमा व्याख्या गर्दे लिम्बूहरुले बन्दुक फिर्ता पाउनु पर्छ भनेर कला र सिर्जनाबाट आवाज उठाउन तिम्मक (बन्दुक) चलचित्र निमार्ण गरिएको निमार्ण पक्षको दाबी छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्