टप फिचर

मालिका केशरीको आख्यान दुबाल’ विमोचित

By Thah Online

August 23, 2021

साहित्यकार मालिका केशरीको बौद्ध दर्शनमा आधारित आख्यान । दुवाल’को आज राजधानीमा सार्वजनिक करण भएको छ । उपन्यासको इतिहासकार एवं हिमाली अध्ययनका ज्ञाता डा. रमेश ढुङ्गेल, मानवअधिकारवादी सुदी पाठक, पूर्व सचिव एवं साहित्यकार डा. सुधा शर्मा र आख्यानकार मालिका केशरीले संयुक्त रूपमा विमोचन गरे ।

कार्यक्रममा मानवअधिकारवादी पाठकले उपन्यासले शरणार्थीको मानवअधिकार, न्याय र आत्मसम्मानका कुरा उठाएको बताए । उनले भने,– ।।।उपन्यास पढ्दा पाठकलाई हरेक घटनामा आफू पनि सँगै रहेको भान हुन्छ । आप्रवासन या शरणार्थी हुनु रहर नभएर बाध्यता भएको कुरा उपन्यासले राम्ररी स्थापित गरेको छ । मानवअधिकारका दृष्टिले ।दुवाल’ पाठकलाई रोचक र घोचक कोसेली हो ।’ यसले तिब्बती समुदायको समस्या मात्र नउठाएर उनीहरूको न्याय र आत्मसम्मानको वातावरण बनाउनका लागि कर्तव्य बोध गराएको उनले औँल्याए ।

पूर्व स्वास्थ्य सचिव डा. शर्माले पुरुष लेखक भएर पनि महिलाका भावनाको गहिराइ छोएर शरणार्थीको कथा भन्न सक्नु उपन्यासको सफलता भएको टिप्पणी गरिन् । उनले भनिन्,– । शरणार्थी केटी कार्चुबको कथा उनकै आँखाबाट भनिएको छ । लेखक संवेदनशील हुने हो भने महिला पात्रले न्याय पाउने रहेछन् । अरू लेखक पनि मालिका केशरीजस्तो हुने हो भने मानवअधिकारमा पनि सुधार हुने रहेछ ।

यो उपन्यास समाजका यथार्थलाई चित्रण गर्न सफल छ । यो मननीय, संग्रहणीय र पठनीय छ ।’ तिब्बती शरणार्थीको परिवेशको उपन्यास भए पनि यसले विश्वभरि नै विस्थापन र शरणार्थीको पीडा भोगेका मानिसको पक्षमा बोलेको उनको भनाइ थियो । यस्तै इतिहासकार डा. ढुंगेलले । दुवाल’ले लगभग हराउन थालेको र बिर्सन लागेको शरणार्थी समस्यालाई साहित्यमार्फत उजागर गरेको बताए । उनले भने,– । साँच्चै भन्ने हो भने पछिल्लो समय शरणार्थी समस्या बिर्सन लागिसकेका थियौँ ।

उनीहरूका दुःख, पिर, वेदना र उकुसमुकुसलाई दुवालले अभिव्यक्त गरेको छ । आँखैले देखेजस्तो छ हरेक घटना । एक बसाइमा पढिसकिन्छ ।अन्तिम अध्यायमा नपुगेसम्म पाठकलाई तानिरहन्छ ।’ उपन्यासले दुई भिन्न संस्कृतिबिचको अन्तर्द्वन्द्व देखाउँदै ै आधुनिकता र परम्पराको समन्वयको खाँचो औँल्याएको बताए ।

कार्यक्रममा आख्यानकार मालिका केशरीले आफ्नो बाल्यकालदेखिको शरणार्थी शिविरसँगको सामीप्यताका कारण ।।।दुवाल’ जन्मेको बताए । ।।।देशमा बस्न नसकेपछि जीवन खोज्दै यहाँ आइपुगेका शरणार्थीप्रति हामीले गरेको व्यवहार सही छन् त भन्ने प्रश्नले घचघच्याएपछि उपन्यास नलेखी बस्न सकिनँ’– उनले भने ।

मालिका केशरीका यसअघि बौद्ध दर्शनमा आधारित उपन्यास  पुनरुत्थान’ र सुवर्णलता’ प्रकाशित छन् । साङ्ग्रिला बुक्सले प्रकाशन गरेको दुवाल’ उनको तेस्रो उपन्यास हो । उनी बौद्ध दर्शनका अध्येता हुन् ।