Banner Second

झापामा ८ महिनाको छोरीसहित दम्पतीले गरे झुण्डिएर आ’त्मह’त्या

By Thah Online

August 23, 2021

काठमाडौँ । झापामा एकै परिवारका दम्पतीले झुन्डिएर आत्महत्या गरेका छन्। आफ्नो ८ महिनाको छोरीसहित दम्पतीले झुन्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। उनीहरूले आफ्नै घरमा डोरीको पासो लगाएर आत्महत्या गरेका हुन्।अहिले घटनास्थलमा झापाका एसपी सानुराम भट्टराई आफैँ पुगेका छन्।

कनकाई नगरपालिका–१ का ४० वर्षीय रविन विश्वकर्मा उनकी श्रीमती २९ वर्षीय मुना विक र उनीहरूकी ८ महिनाकी छोरी रुविनाले आज आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेको हो ।  

झापाको कनकाई–१ का स्थानीय दम्पतीले आफ्नो ८ महिनाको छोरीसहित सोमबार बिहान आफ्नै घरको कोठाभित्र झुन्डिएर आत्महत्या गरेका थिए।

प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा आर्थिक अवस्था निकै कमजोर भएकै कारण देखिएको छ । मृतक रविन वैदेशिक रोजगारीमा जानका लागि केही दिन पहिले काठमाण्डौसम्म गएको तर कोरोना पोजेटिभ देखिएका कारण फर्किएर आएको स्थानीयले बताएका छन् ।