बिहान सुतेर उठ्नेवितिकै चक्कर लाग्नु खतरनाक रोगको संकेत 



एजेन्सी । बिहान ओछयानबाट उठ्ने वित्तिकै चक्कर लाग्ने समस्या देखिनु भनेको खतरनाक रोगको संकेत भएको चिकित्सकहरुले बताएका छन् ।  विशेषगरी कानको समस्याका कारण मानिसलाई रिंगटा लाग्ने चिकित्सकहरुले बताएका छन् । यसैगरी आँखा, हाडजोर्नीको समस्याका कारण पनि मानिसलाई रिगंटा लाग्ने चिकित्सकहरु बताउँछन् ।

बिहान उठ्ने वित्तिकै टाउको दुख्ने, चक्कर लाग्ने जस्ता समस्यालाई मेडिकल भाषामा पोस्टुरल हाइपोटेन्शन भनिन्छ । यसले शरीरमा रक्तचापको मात्रालाई असामान्य तरिकाले घटाउँछ । यस्तो समस्यालाई बेवास्ता गर्नु खतरनाक हुनसक्छ ।

चिकित्सकहरुले यस्तो लक्षण गम्भीर भएको बताएका छन् ।   यस्तो लक्षणले टाउको चर्कनु, शरीर अनियन्त्रित भएको अनुभूति, आँखा धमिलो देख्नु, अध्याँरो छाउनु, अनुहार फिका हुनु, शरीर चिसो हुनु  शरीरमा मुटुरोग, डिप्रेशन, डिमेन्शिया र मृत्यु हुनेसम्मको खतराको संकेत गर्छ । 

मस्तिष्कमा रगतको कमी, नसा फुट्नु, ब्रेम ह्म्याब्रेज, ब्रेन ट्युमर, खाद्य पदार्थ, औषधीको एलर्जी, माइग्रेन, शारीरिक दुर्बलता, मादक पदार्थ वा नसालु चिजको सेवनले पनि चक्कर लाग्छ ।  त्याधिक मानसिक वा शारीरिक परिश्रमबाट उत्पन्न थकान, मानसिक तनाव, भय, टाउकोमा चोट, मुटुमा अवरोध, असामन्य हृदयको धड्कन, कानमा भाइरल संक्रमण, आँखाको कमजोरी जस्ता कारणले पनि चक्कर लाग्न सक्छ ।

पोस्टुरल हाइपोटेन्शन उमेरसँगै बढ्ने गर्छ । ६० वर्षभन्दा बढी उमेरमा पाँच जनामध्ये एक जना यो समस्याको सिकार हुने गर्छन् । यस्तै, ६५ देखि ६९ वर्षसम्मका करिब १५ प्रतिशत मानिसहरु यो समस्याको सिकार हुने गर्छन् , भने, ८५ वर्षभन्दा बढी उमेरका २५ प्रतिशत मानिसहरुमा पोस्टुरल हाइपोटेन्शन हुनसक्छ ।

विशेषज्ञका अनुसार क्लासिक पोस्टुरल हाइपोटेन्शन ओछ्यानबाट उठ्नेवित्तिकै तीन मिनेटसम्म कुनै पनि व्यक्तिमा देखिन सक्छ । भने, डिलेड पोस्टुरल हाइपोटेन्शनमा मानिसहरु तीन मिनेटभन्दा धेरै समयसम्म समस्या हुनसक्छ । यसले गर्दा खानाले समेत बिरामी गराउन सक्छ । ब्रिटिश मेडिकल जर्नलमा प्रकाशित एक रिपोर्टका अनुसार अर्तजा गिलानी र उनका सहयोगीले बताए अनुसार PHoT पार्किन्सन, मधुमेह, भिटामिन B12 को कमि, रेनल फेलियर, अटोइम्युन डिसअर्डर र क्यान्सर जस्ता भयंकर बिरामीको संकेत गर्छ । 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्