खेलाडीमाथि बोतल प्रहारपछि मैदानमा छिरे समर्थक, खेल स्थगित



एजेन्सी  । फुटबल समर्थकहरू नै मैदानमा उत्रिएपछि लिग वानमा निस र मार्सेबीचको खेल रद्द भएको छ ।

मार्सेका दिमित्री पायेटलाई नसिका समर्थकहरूले बोतलले हिर्काएका थिए । जब पायेटले उक्त बोतल समर्थकतिर नै फर्काए, आक्रोशित भिड मैदानमा प्रवेश गरेका थिए ।

विवादको लामो समयपछि नसिका खेलाडीहरूले खेल सुरु गर्न चाहेका थिए । तर, मार्सेका खेलाडीहरू मैदान प्रवेश गर्न मानेनन् । जसले गर्दा खेल रद्द गरिएको थियो । विवादअघि निसले क्यासपर डोलबर्गको गोलमा १–० को अग्रता बनाएको थियो ।

विवादका क्रममा मार्सेका केही खेलाडी घाइते भएको अध्यक्ष पाबलो लाङगोरियाले दाबी गरे । खेलाडीको सुरक्षाका लागि आफूहरू मैदानमा प्रवेश गर्न अस्वीकार गरेको उनले बताए । 

यसअघि लिगको पहिलो खेलमा नै मोन्टेपेलियरबिरुद्धको पहिलो खेलमा पनि मार्सेका खेलाडीहरूमाथि बोतल प्रहार भएका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्