बस र मोटरसाइकल ठोकिदा दुईजनाको मृत्यु



सैघाली खबर।
दांग,३ फागुन । लमहीमा बस र मोटरसाइकल ठोकिदा दुईजनाको मृत्यु भएको छ । घोराही(लमही सड़क खण्ड अन्तर्गतको बेलदमारको मोडमा बसको ठक्करबाट दुई व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ ।

वडा प्रहरी कार्यालय लमहीका प्रमुख सुरजका अनुसार ना।६ ख २३३१ नम्बरको बसले रा ४ प २९९९ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल सवार दुई व्यक्तिको निधन भएको हो ।

काठमाण्डौबाट तुल्सीपुर आउँदै गरेको बसले घोराही देखी लमही जांदै गरेको मोटरसाइकललाई ठक्कर दिएको हो । बसको ठक्करबाट लमही ६ देवपुर निवासी १९ वर्षीय मिनराज न्यौपाने र घोराही निवासी २१ वर्षीय मञ्जित गुप्ता रहेका छन ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्