उद्धार उडानका क्रममा अफगान महिलाले जन्माइन् बच्चा



अमेरिकाले उद्धार गरेकी एक अफगान महिलाले विमानमै शिशुलाई जन्म दिएकी छन् । उद्धार उडानका क्रममा अफगान महिलाले उडिरहेको विमानमै शिशुलाई जन्म दिएकी बीबीसीले जनाएको छ ।

बीबीसीका अनुसार यूएस एयर मोबिलिटी कमाण्डले आफ्नो परिवारसँग मध्यपूर्वबाट यात्रा गरिरहेका बेला ती महिलाको प्रशव पीडा सुरु भएको जनाएको छ ।

उक्त विमान जर्मनीमा अवतरण हुने बित्तिकै अमेरिकी सैन्य चिकित्सकहरूको टोलीले बच्चा जन्माउन सहयोग गरेको थियो । उनीहरूलाई नजिकैको अस्पतालमा लगिएको र बच्चा तथा आमाको स्वास्थ्य अवस्था राम्रो रहेको बताइएको छ ।

जर्मनीको विमान अवतरण हुने बित्तिकै अमेरिकी सैन्य चिकित्सकको टोलीले आमा र बच्चालाई सहयोग गरेका थिए । बच्चा र आमा दुवैको अवस्था राम्रो रहेको र उनीहरूलाई जर्मनीको एक अस्पतालमा भर्ना गरिएको छ । एजेन्सी

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्