रिहा भए पूर्व गृहमन्त्री ‘बादल’का भाइ नरेश थापा



काठमाडौँ । पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’का भाइ नरेश थापा रिहा भएका छन् । उच्च अदालत पाटनले नरेशकुमार थापालाई २०७६ माघ २७ मा १ वर्ष ६ महिना थुनामा राख्न आदेश गरेको थियो । तोकेको सजाय पुरा गरेपछि सोमबार रिहा भएका हुन् ।

थापालाई अदालतले २०७६ माघ २७ मा थुनामा राख्ने आदेश दिएको थियो । डिल्लीबजार कारागारका प्रमुख वसन्त पुरीले भने–‘सजाय पुरा गरेर उहाँ आज रिहा हुनुभएको छ ।’

काठमाडौँ जिल्ला अदालतले एक लाख रुपैयाँ बुझाएर धरौटीमा  छुटेका थापा उच्चको आदेशपछि फेरि पक्राउ गरेका हुन् । केही समयपछि उनले डिल्लीबजार कारागारमा सुटुक्क आत्मसमर्पण गरेका थिए । 

निर्माण व्यवसायी महासङ्घका अध्यक्ष शरदकुमार गौचनको हत्यामा दोषी ठहर भएका समिरमानसिंह बस्नेसँग मिलेर नरेशले आपराधिक गिरोह सञ्चालन गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई पक्राउ गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्