सभामुखलाई धम्की दिएको भन्दै सत्तारुढ दलको आपत्ति



प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरू आफ्नो पार्टीका १४ सांसदलाई पदमुक्त गर्न आनाकानी गरेको भन्दै सभामुख अग्निप्रसाद सापकोटालाई कर्य कक्षमै भेटेर दिएको भनिएको धम्की प्रति विभिन्न राजनीतिक दलका सांसदले आपत्ति जनाएका छन् ।

माधवकुमार नेपाल समूहका १४ सांसदलाई पदमुक्त नगरेको विषयमा एमालेका सांसदले सभामुखको कार्यकक्षमा धर्ना दिएको, सभामुखको भूमिकामाथि प्रश्न उठाएको भन्दै काङ्ग्रेसकी सचेतक पुष्पा भुसाल, माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङ, जसपाका सांसद प्रदीप यादव, राष्ट्रिय जनमोर्चाकी संसदीय दलको नेता दुर्गा पौडेल र माधवकुमार नेपाल समूहका सांसद जीवनराम श्रेष्ठले संयुक्त विज्ञप्ति जारी गरेर आपत्ति जनाएका हुन् ।

एमालेका सांसदले बिहीबार सभामुखलाई कार्यकक्षमै भेटेर र फोन गरेर कारबाहीको सूचना टाँस गर्न दबाब दिएका थिए भने अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले सार्वजनिक कार्यक्रमबाटै सभामुखलाई ताेकर सदन चल्न नदिने बताएका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्