प्रधानमन्त्री ओलीले जनताका नाममा शपथ खाए



सैघाली खबर
काठमाडौं,३ फागुन –। नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको नाममा शपथ लिनुभएको छ । साँझ ५ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई शपथ खुवाउनुभएको हो । उहाँले जनताका नाममा शपथ लिनुभएको हो ।

शपथ ग्रहण समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, निवर्तमान प्रधानमन्त्री, प्रधानन्यायाधीश विभिन्न दलका शीर्ष नेता, कुटनीतिक नियोगका पदाधिकारी तथा कर्मचारीको उपस्थिती रहेको थियो ।

प्रधानमन्त्री ओलीसँगै एमालेका दुर्इजना मन्त्रीले पनि शपथ लिएका छन् । एमालेका लाललबाबु पण्डित जनस‌ंख्या तथा वातावरण तथा थममाया थापा महिला बालबालिका तथा समाज कल्याण मन्त्रीमा नियुक्त हुनुभएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्