दाङ । प्रहरीले बहुमूल्य कस्तुरीको बिना सहित दुई जनालाई प’क्राउ गरेको छ । कस्तुरी बिना र चितुवाको छालासहित प’क्राउ परेका व्यक्तिहरूलाई जिल्ला प्रहरी कार्यालय दाङले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।
घोराहीको होटेल टुडे प्लाजाबाट कस्तुरीको बिना सहित घोराही ७ का मोहन बुढा र प्युठानका मदन केसीलाई भदौ ५ गते प’क्राउ गरेको हो । प्रहरीले दुबै अभियुक्तलाई जिल्ला वन कार्यालयको जिम्मा लगाएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख सुरेश काफ्लेका अनुसार बिणाको तौल ३१ ग्राम २ सय मिलिग्राम रहेकाे बताए ।
त्यसै गरी प्रहरीले चितुवाको तीन वटा छाला सहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार बैतडीका प्रदीपकुमार विक,विमल औजी र हेमन्त औजीलाई अमिलियाबाट प’क्राउ गरेको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।