दाङ । दाङको घोराही उप–महानगरपालिकामा व्यक्ति हत्या गरेर फरार भएका अभियुक्तलाई प्रहरीले प’क्राउ गरेको छ । कर्तव्य ज्यान मुद्दामा ८ वर्ष कैद तोकिएका घोराही उप–महानगरपालिका–४ घर भएका ३७ वर्षीय प्रकाश नेपालीलाई १६ वर्षपछि प’क्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
२०६२ मङ्सिरमा नेपालीले सामान्य विवादमा घोराही–४ घर भएका डम्बर बुढाथोकीलाई कुटेर हत्या गरेका थिए । ह’त्यापछि उनी फरार भएका हुन् । उच्च अदालत तुलसीपुरले २०६७ मा उनलाई ८ वर्ष कैद सजाय हुने फैसला गरेको थियो । हत्यापछि लुकेर हिँडेका प्रकाशलाई गोरखाको अजिरकोटस्थित झ्यालबाट गोरखा प्रहरीसँगको समन्वयमा पक्राउ गरिएको दाङका एसपी सुरेश काफ्लेले बताए ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।