काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशसभामा विश्वासको मत पाएका छन् । सोमबार अपरान्ह प्रदेशसभा भवनमा विश्वासको मत मागेका उनले विश्वासको मत पाएका हुन् ।
मुख्यमन्त्री केसीले आफ्नो पक्षमा ४२ मत प्राप्त गरेका छन् भने विपक्ष अर्थात् हुन्न भन्नेमा शून्य मत प्राप्त भएको छ ।
उक्त मत प्रदेशसभाको तत्काल कायम सदस्य सङ्ख्याको हिसाबले बहुमत भएकाले मुख्यमन्त्रीद्वारा पेस गरिएको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको सभामुख पूर्णबहादुर घर्तीले जानकारी दिए ।
प्रदेशसभाका ८० सांसदमध्ये सोमबार मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्तावमा ४३ जनाले मतदान गरेका थिए ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।